
Apr 02 2025 | २०८१, चैत २० गते
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।
केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । केसीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए भने शाहले आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij