
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टंकबहादुर पुनको मृत्यु भएको छ । आज दिउँसो १२ बजे उनको मृत्यु भएको हो । पुनलाई रोल्पाबाट उपचारका लागि हिजो दाङको घोराहीमा रहेको राप्ती प्राविधिक स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।
स्क्रब टाइफसका कारण बिरामी भएका पुनको बुधबार मध्यान्ह दाङस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोमबार आफैं मोटरसाइकल चलाएर अस्पताल गएका पुनलाई सोही दिन अस्पतालले सामान्य चेकजाँच गरी घर फर्काएको थियो । मंगलबार फेरि बिरामी भएपछि अस्पताल लगिएको थियो । ३९ वर्षीय पुन नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij