
Apr 02 2025 | २०८१, चैत २० गते
चर्चित डान्सर ३० वर्षे सुशान्त खत्री शुक्रबार राति रुँदै फेसबुक लाइभमा आए । यति मात्र होइन, उनले आफू आत्महत्या गर्ने निर्णयमा पुगेको समेत बताए । 'आजै मात्र मनपर्ने एक कलाकारले आत्महत्या गरेको' भन्दै आफू पनि 'सोही निर्णय' मा पुगेको सुशान्तले बताएका छन् ।
'धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छुु', लाइभमा उनले रुँदै भने ।
चर्चित डान्सर ३० वर्षे सुशान्त खत्री लाइभमा रुँदै भने, 'धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छुु ।'
अहिले उनी भारतमा छन् । डिप्रेसन निको पार्न भारत पुगे पनि कुनै सुधार नभएको उनले बताए । 'सबैलाई लाग्दो हो, यो सेलिब्रेटी हो, लाइफ बिन्दास छ, क्लबतिर जान्छ, हल्लिन्छ । तर मनको कुरा कसैले बुझ्दैन', सुशान्तले भक्कानिँदै भनेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij