
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल सुरु गरेका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा शीर्ष नेतासँग छलफल गरेका हुन् ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।
सभामुखले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल थालेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकार दिए ।
वैशाख १५ गते नै प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भए पनि दलहरुबीच भागबण्डा नमिल्दा समिति सभापति चयन हुन सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij