
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पत्रकार तथा लेखक भानु बोखिमको उपन्यास 'गोधूलि गीत' सार्वजनिक भएको छ । वरिष्ठ कवि श्यामल र लेखक नविन विभास तथा लेखक बोखिमले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
कलम प्रकाशनले प्रकाशन गरेको उन्यासबारे लेखक श्यामल र विभासले टिप्पणी गरेका थिए । लेखक श्यामलले उन्यासले १० बर्षे शसस्त्रद्वन्द्वको स्थितिलाई जस्ताको तस्तै उतारेको बताए । इमानदार मान्छेको इमानदार नियतको कथा उपन्यासले बोकेको उनको भनाई छ । विभासले उपन्यासले रोल्पाको माओवादी आन्दोलन बोल्ने बताए ।
पहिलोपटक २०६३ सालमा रोल्पा पुगेको स्मरण गर्दै लेखक बोखिमले त्यतिखेरै उपन्यासको कथा मनमा गडेको बताए । कथा संग्रह ‘रुमानी साँझ’ बाट नेपाली साहित्यमा पाइला टेकेका बोखिम ‘गोधूलि गीत’ प्रथम उपन्यास हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij