Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

  • काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ । धुलिखेलस्थित शिखलापुर बाँसुरी धे–धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो ।

    मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले जानकारी दिए । धुलिखेल ७ स्थित नारायणस्थान लाछीमा आयोजित उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई रु १५ हजार र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु १० हजार पुरस्कार राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।

    सो अवसरमा देवगण र दैत्यनाच तथा साङ्गीतिक प्रस्तुतिसमेत हुने बताइएको छ । धुलिखेललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, संस्कृति तथा सम्पदाको थलोका रूपमा चिनाउन तथा धुलिखेलको भित्री बस्तीलाई उजागर गर्न सो प्रतियोगिताको आयोजना गरिएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij