
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय सदस्यहरूलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बसिने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरू समेत सहभागी हुनेछन् । बैठकअघि १५ असारभित्र दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन भनिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij