
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । नेपाल (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । एकीकृत समाजवादी (एस)का बहुसंख्यक सांसद आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि यसबारे छलफल गर्न बैठक बोलाएको हो ।
संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ। नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ ।
पार्टीका सांसदहरुले बजेट संशोधन नगरे पारित विपक्षमा मतदान गर्ने अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिइसकेका छन् । बजेटमा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी गरेको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै एकीकृत समाजवादीका सांसदहरू असन्तुष्ट छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij