
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । पाटन अस्पताल अगाडिको पार्किङबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले मनमैजुबाट एक जनालाई पक्राउ गरेको छ । चोरी भएको मोटरसाइकलसहित बाराको करैयामाई गाउँपालिका-५ का रामकिशोर सहनीलाई प्रहरीले सोमबार राति काठमाडौंको टोखा नगरपालिका-५ मनमैजुबाट पक्राउ गरेको हो ।
सहनीले कुदाइरहेको मोटरसाइकल काठमाडौंको तार्केश्वर नगरपालिका २ बस्ने गजेन्द्र लामा तामाङको हो । तामाङले वैशाख २६ गते पाटन अस्पताल अगाडि पार्किङ गरेका थिए । त्यहीँबाट उनको मोटरसाइकल चोरी भएको थियो । चोरी भएको करिब डेढ महिनापछि प्रहरीले सोमबार फेला पारेको छ ।
तामाङको वाग्मती प्रदेश-०२-०४० प १८२६ नम्बरको २ सय २० सीसीको पल्सर मोटरसाइकल हराएको भनी परेको जाहेरीका आधारमा प्रहरीले सोमबार मोटरसाइकलसहित सहनीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । नियन्त्रणमा आएको मोटरसाइकल र चालक सहनीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij