
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । दुई दिनको सुनुवाइपछि सुनुवाइ समितिले कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।
प्रश्नउत्तर लगत्तै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् । आगामी साउन २० गते कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की सेवा निवृत्त हुँदैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij