Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुर महानगरमा सिसिटिभी जडान गर्न तीन करोड ५० लाख रुपैयाँको सम्झौता

ललितपुर महानगरमा सिसिटिभी जडान गर्न तीन करोड ५० लाख रुपैयाँको सम्झौता

  • ललितपुर । ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरूमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा महानगरले सुनाकोठी, बुङमति, फर्सिडोल, खोकना, धापाखेल–नागदह खण्डमा सिसिटिभी क्यामेर जडान गर्न लागेको हो ।

    images
    images
    images

    महानगर र जिल्ला प्रहरी परिसरबीच क्यामेरा जडानसम्बन्धी समझदारी पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धीविक्रम शाहले हस्ताक्षर गरे । सझमदारी अनुसार महानगर प्रमुख महर्जनले शाहलाई तीन करोड ५० लाखको चेक हस्तान्तरण गरे । 

    347245603_1063104568000057_6749342793096483591_n.jpg

    समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकामा शान्ति सुरक्षा व्यबस्थापन, अपराध नियन्त्रण न्यूनिकरण, तथा अनुसन्धान, ट्राफिक ब्यवस्थापन समेतको लागि ललितपुर महानगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुरबीच समझदारी भएको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij