
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । सांसद अब्दुल खानले नागरिकता नपाउँदा आत्महत्याका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खानले नागरिकता नपाउँदा सन्तानहरूले मृत्यु रोज्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, नागरिकताबाट बंचित भएका सन्तानहरूले आत्महत्याको प्रयास गरिरहेका छन्। यो प्रयास रोकिएन भने भोलि सामूहिक आत्मदाहाको प्रयास गरिएला । यसको जिम्मा कसले लिने ?
सर्वोच्च अदालतले नागरिकता पीडितको सवालका पक्षमा तिमी रुयजस्तो गर, म पिटे गरेजस्तो गर्छुजस्तो गर्छ। सरकारले यताबाट पास गर्छ। आधी सांसदहरूले विरोध गर्छन्। आधीले पास गर्छन् । न्यायलयले यसलाई रोकिदिन्छ । यस्तो मनोदशा कहिलेसम्म ?
सांसन खानले यस्तो गम्भीर विषयमा सरकार र न्यायलय सचेत हुनु आवश्यक रहेको बताए। उनले नागरिकता माग्नु अपराध हो भन्दै सरकारलाई प्रश्न समेत गरे।
उनले भने, के नागरिकता माग्नु अपराध हो । हामी नेपाली हौं । हामीले देशको नागरिकता चाहन्छ भन्नेु अपराध हो भने यो देशका हामी सबैलाई गोली हानेर भगाउनु। कि त हामीलाई नागरिकता दिनुहोस् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij