Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने

  • काठमाडौँ । सरकारले सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने बजेट वक्तव्यमा भनिएको थियो ।

    images
    images
    images

    सुनचाँदी व्यवसायीले उक्त घोषणाको चरणबद्ध रूपमा विरोध गर्दै आएका थिए । सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटेर व्यवसायीले सो कर फिर्ता गर्न माग गरेका थिए ।

    त्यस क्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताए । हुनेखाने देखि हुँदा खानेसम्मले सुनका गरगहना प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रस्ट पारे ।

    मन्त्री महतले भन्सार दर वृद्धि गर्नुपर्नाको कारण भने भारतीय र नेपाली बजारमा समान दर बनाउनका लागि भएको प्रस्ट पारे ।विदेशबाट आउने नेपालीहरूले ल्याउने गहनाको परिणाम वृद्धि गर्न र व्यवसायीलाई परेको अप्ठ्यारा विषयहरू सल्टाउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले शीघ्र व्यवसायीमा माग सम्बोधन गरिने बताए । 

    उक्त भेटमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घको संयुक्त टोलीको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij