
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । मकवानपुर-१५ को रातामाटे चोकबाट सुनसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किशन साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीका अनुसार काठमाडौंबाट जाँदै गरेको प्रदेश २-०३-००१ख ०१५९ नम्बरको बसमा आज बिहान साढे तीन बजे चेकजाँच गर्दा साहलाई सुनसहित पक्राउ गरिएको हो ।
साहको जुत्ताको नोकभित्र सुन जस्तो देखिने पहेंलो धातु जाँचका क्रममा बरामद भएको हो । त्यसको मूल्य ५६१.३० ग्राम अर्थात ५४ लाख ४८ हजार ५४२ रुपैयाँ रहेको बताइएको छ ।
आवश्यक कारबाहीका लागि साहलाई बरामद सामग्रीसहित आजै राजस्व अनुसन्धान कार्यालयमा पठाइएको डीएसपी कार्कीले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij