
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । सांसद महेन्द्रबहादुर शाहीले करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न नसकिने बताएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
उनले नीति तथा कार्यक्रम एकातिर छ, तर बजेट भने अर्को तर्फ केन्द्रित भएको स्पष्ट पारे । उनले भने, ‘बजेटलाई हेर्दा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटघाट नभएको मैले बुझेको छु । नीति तथा कार्यक्रम एकातिर छ र बजेट अर्को तर्फ केन्द्रित छ । करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन । ’उनले देशको लागि पूर्वाधार निमार्णमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij