
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । दुई कार्यकाल राष्ट्रपति हुँदा विवाद र प्रसंसा दुवै कमाएकी भण्डारी यतिबेला भने फुर्सदिलो बनेकी छन् । राष्ट्रपतिको रुपमा दुई कार्यकाल पूरा गरी फागुन २९ गते शितल निवासबाट बाहिरिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला बालुवाटारस्थित छोरी उषाकिरणको घरमा बस्छिन् ।
एक दुई हप्तापछि भण्डारी आफैं निवास चपली सर्ने योजनामा उनी छिन् । सामान्य घेटघाट र फाट्टफुट्ट सार्वजनिक कार्यक्रममा सहभागी हुनु बाहेक उनी बाँकी समय अध्ययनमा नै बिताउँछिन् ।
उमेर र अनुभवका हिसावले पनि सक्रिय राजनीतिमा आउनुपर्छ भन्नेमा एमालेकै नेता कार्यकर्ता बढी छन् । तर उनले अहिलेसम्म सक्रिय राजनीतिमा आउने विषयमा मुख खोलेकी छैनन् ।
बरु आफू सामाजिक काममा सक्रिय हुने बताउँद आएकी छन् । राष्ट्रपतिबाट विदा हुने बेलामा माओवादी केन्द्रसमेत रहेका वर्तमान प्रधानमन्त्री का अध्यक्ष पुष्पकमल दहालले भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेका थिए ।
दाहालले उमेर र अनुभव दुवै भएका कारण सक्रिय राजनीतिमा आउन सुझाव दिएका भएपनि भण्डारीले सक्रिय राजनीतिमा अउने बारेमा नसोचेको जवाफ दिएको सार्वजनिक भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij