
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासद रवि लामिछानेले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बजेटका सम्बन्धमा ६ प्रश्न गरेका छन् ।
यी हुन् सांसद लामिछानेले अर्थमन्त्रीलाई गरेका ६ प्रश्न :
१. कर र गैरकरलाई प्रभाव पार्ने विषयवस्तु र क्षेत्र फरक हुन्छन् भने एउटै दरमा वृद्धि कसरी सम्भव हुन्छ ?
२. कुल राजश्व र कर वृद्धिको दर एउटै कसरी हुन्छ ?
३. कुल राजश्व र गैरकरको वृद्धि एउटै कसरी हुन्छ ?
४. कर र गैरकर जसको आधार र प्रकृति भिन्न हुन्छ, यिनीहरुको वृद्धिदर एउटै कसरी हुन्छ ?
५. करका विभिन्न स्रोतहरुको वृद्धिदर एउटै कसरी हुन्छ ?
६. राजश्वका ९० शीर्षकमध्ये ६८ वटा शीर्षकबाट प्राप्त हुने राजश्वका वृद्धिदर एउटै कसरी हुन्छ ?
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij