
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएका अभियुक्तहरुको थुनछेक बहस आज पनि जारी रहेको छ ।
बहसमा जाहेरीकर्ताका तर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा आज सरकारी वकिलहरुको बहस सकिनेछ ।
त्यसपछि भोलिबाट प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ । १८ जना प्रतिवादीका तर्फबाट बहस गर्न आधा दर्जन पूर्व महान्यायाधिवक्तासहित १०० जना भन्दा धेरै वकिलले नाम टिपाएका छन् ।
न्यायाधीश न्यौपानेले प्रतिवादीतर्फका वकिललााई ६ दिनको समय छुट्याएका छन् । सरकारी वकिल र प्रतिवादी दुबैतर्फका वकिलको बहस सकेर आउँदो ३१ गते फैसला सुनाउने न्यायाधीश न्यौपानेको तयारी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij