Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काल्पनिक कथाले शीरमाथि पीरको पहाड खस्यो !

काल्पनिक कथाले शीरमाथि पीरको पहाड खस्यो !

  • नेपाल सरकारका सचिव टेकनाराण पाण्डे (तत्कालीन गृहसचिव) नक्कली शरणार्थी प्रकरणमा पक्राउ परी हिरासतमा छन् । काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दामा आइतबार थुनछेक बहस सुरु भएको छ । उनले त्यसअघि इजलाससमक्ष दिएको बयानको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    जाहेरवाला गजेन्द्र बुढाथोकीसमेत विभिन्न जाहेरवालाहरूले तपाईं समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाइ रकम फिर्तासमेत नगरी ठगी गरेको भन्ने जाहेरी दरखास्तहरू छन्, सो सम्बन्धमा तपाईंलाई थाहा छ रु को(को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरेअनुसारको कसुर गर्नुभएको हो ?

    AGNI GROUP

    गजेन्द्र बुढाथोकी मन्त्रालयमा शरणार्थी विषयमा बुझ्न आएका थिए। उनी आफूसमेत भएर व्यक्तिहरूसँग पैसा उठाएका रहेछन्। भुटानी शरणार्थी तेस्रो देश स्थानान्तरण हुने काम मन्त्रालयबाट हुँदैन । तपाईं आफूले लिएको पैसा फिर्ता गर्न सक्ने भए फिर्ता गर्नू, तपाईंले अरूलाई दिएको पैसा फिर्ता लिन सक्नेसँग फिर्ता गर्नु र फिर्ता हुन सक्ने अवस्था छैन भने जाहेरी दिनु भनेर मैले भनेको हुँ । त्यसपछि जाहेरी दिएका हुन्। अरू जाहेरीकर्तासँग मेरो कुनै सम्पर्क छैन । भुटानी शरणार्थीका नाममा विदेश पठाएर ठगी गर्ने कार्यमा मेरो कुनै संलग्नता छैन। यस सम्बन्धमा मैले कुनै कसुर गरेको छैन। अरू को कसको के कस्तो संलग्नता छ सो सम्बन्धमा समेत मलाई कुनै जानकारी छैन ।

    तपाईंलाई सहप्रतिवादीहरू केशवप्रसाद दुलाल र टेकनाथ रिजालसमेतका प्रतिवादीहरूले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान तथा थप बयानसमेत पढीबाँची सुनाइन्छ । निजहरूले गरेको उक्त बयानको सम्बन्धमा तपाईंको के भनाइ छ ?

    प्रतिवादी केशवप्रसाद दुलालले भनेजस्तो निजसँग मेरो कुनै आर्थिक कारोबार भएकै छैन । निजले भनेजस्तो कामती थरका सुरक्षाकर्मी मेरो सुरक्षा गार्डका रूपमा हालसम्म खटिएका छैनन् । मन्त्रालयको कर्मचारीबाहेक अरूलाई झोलालगायत कुनै पनि सामग्री लिएर मन्त्रालयमा प्रवेश गर्ने अवस्था ने रहँदैन। मूलगेटदेखि सचिवालयसम्म विभिन्न तहमा सुरक्षा चेकजाँच गरेर मात्र अत्यावश्यक भेटघाटको लागि मात्र प्रवेश गराउने व्यवस्था छ । निमन्त्रणा कार्डसमेत सुरक्षाकर्मीले चेकजाँच गरी सुरक्षाकर्मीके रोहवरमा बुझाउने व्यवस्था रहेकोमा निजले भनेजस्तो रकम छोड्ने अवस्था कुनै पनि समयमा सम्भव नै हुँदैन। केशवप्रसाद दुलाललाई मन्त्रालयमा प्रवेश गर्न विशेष निगरानी र नियन्त्रण गरिएको थियो। दुवै सचिवालय निजका क्रियाकलापप्रति सचेत थिए। सो आरोप सबै भुट्टा र काल्पनिक हो। टेकनाथ रिजालले बयानमा भनेजस्तो इन्द्रजित राई र टोपबहादुर रायमाझीको कार्यकालमा म गृहसचिव थिइनँ । निजको कुरा काल्पनिक हो। मेरो संलग्नताको सम्बन्धमा को कसबाट के कति कुरा सुन्नुभएको हो सो समेत बयानमा खुलाउन सक्नुभएको छैन। केवल सुनेको थिएँ भनी के आधारमा लेखाउनु भयो सो सम्बन्धमा मलाई जानकारी भएन ।

    प्रतिवादी केशवप्रसाद दुलाल र तपाईंबीच विभिन्न मितिमा भएको म्यासेज संम्बन्धमा तपाईंको भनाइ के छ ? खुलाइदिनुहोस् ।

    संवादमा प्रयोग गरिएको मोबाइल मेरो व्यक्तिगत नं. होइन । मन्त्रालयको सचिवालयमा भएको नम्बर प्रयोग गरिएको हो। गृहसचिवलाई सुराकी प्रयोग गरी सूचना संकलनको जिम्मेवारी र अधिकार हुन्छ। केशवप्रसाद दुलाललाई शंका, सूचना र अनुसन्धानको सूचीमा राखी प्रणालीका लागि आवश्यक सूचना लिनका लागि सम्पर्क स्थापित भएको हो। म व्यस्त भएको समयमा मोबाइल सचिवालयमा छाड्ने र सो समयमा केही संवादमा सचिवालयका कर्मचारीले जवाफ फर्काएको अवस्था पनि हो। स्क्रिनसट गरिएका केही संवादहरू सम्पादन गरिएको पनि हुन सक्छन् । Response does not need to be an action (संवाद कार्यमा रूपान्तरण हुन्छ भन्ने हुँदैन)। त्यस्तै दुलालसँगको संवाद सुराकी प्रयोजनका लागि भएको प हुँदा उक्त संवाद अनुरुपको व्यवहार र कार्य भएको न छैन। सम्पर्क सम्बन्धमा रूपान्तरण हुन्छ भन्ने हुँदैन, दुलालसँगको सम्पर्क सम्बन्धमा स्थापित भएको छैन।

    तपाईले अधिकारप्राप्त अधिकारीसमक्ष गर्नुभएको ने सबै बयानहरू व्यहोरा(पढीबाँची सुनाइन्छ । सो ठ बयानहरूको व्यहोरा तपाईंको हो वा होइन रु र उक्त बयानहरूमा भएका सहीछापहरू तपाईंका हुन् वा होइनन् ?

    मैले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान व्यहोरा मैले दबाबमा गरेको मध्यरातमा निद्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक-पटक लगी मानसिक रूपमा दबाब दिइएको थियो । बयान पनि प्रहरी घेरामा राखी गराएर अन्तिममा सरकारी वकिलकोमा सहीछाप गराइएको हो। अनुसन्धानमा भएको बयान व्यहोरा केही मैले लेखाएबमोजिमको सत्य हो भने गराइएको हो। अनुसन्धानमा भएको बयानन व्यहोरा केही मैले लेखाएबमोजिमको सत्य हो भने केही व्यहोरा प्रहरीको बहकावमा गरिएको छ । सो सम्बन्धमा मैले मेरो अनुसन्धानमा भएको मिति २०८०।०२।०३ को थप बयानमा समेत खुलाएको छु । सोमा भएको सहीछाप मेरी नै हो।

    प्रतिवादी नरेन्द्र केसीको साथबाट बरामद भएको तपाईंको हस्तलिखित भनी मिसिल साथ पेस भएको कागज देखाइन्छ । सो सम्बन्धमा तपाईंको भनाइ के छ ?

    प्रतिवादी नरेन्द्र केसीको साथबाट बरामद भएको र मिसिल साथ पेस भएको भनिएको कागज देखाउँदा देखें । मिति २०८०।०११।१९ का दिन मलाई पक्राउपुर्जी जारी हुँदै छ भन्ने जानकारी अनौपचारिक रूपमा पाएपछि हतासमा वैयक्तिक भावना र सन्देश व्यक्तिगत प्रयोजनका लागि नोटबुकमा लेखेको थिएँ । उक्त राति म बस्न घरबाहिर गएँ। बाहिर जाने क्रममा ट्याक्सीमा उक्त नोटबुक छुट्न गएछ। सो नोटबुक नरेन्द्र केसीसमक्ष कसरी पुग्यो मलाई थाहा भएन। सायद नोटबुकमा नरेन्द्र केसीको फोन नम्बर भएर ट्याक्सी ड्राइभरले छोडेको हो कि थाहा भएन। उक्त सन्देश पक्राउ पर्ने सूचना भएपछि मानसिक दबाबमा लेखेको हो, पठाउने प्रयोजनले लेखेको होइन। उक्त लेखाइबाट अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभाव पार्ने मेरो कुनै मनसाय होइन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट