
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै शुक्रबार दर्ता गरेको रिटमा सुनुवाइ हुन लागेको हो ।
सरकार र राष्ट्रपतिको कार्यालयले नयाँ संसद्मा विधेयक नलगी असंवैधानिक कार्य गरेको रिटमा दाबी गरिएको छ । विधेयक असंवैधानिक भएकाले लागू नगर्न–नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।
नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नू भन्ने आदेश समेत रिटमा माग गरिएको छ । नयाँ संसद्मा अघिल्लो संसद्ले पठाएको विधेयक प्रमाणीकरण गरेको भन्दै राष्ट्रपतिको उक्त कदमको विरोध भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij