
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं। संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बैठक बसेको हो । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित छन् ।
अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन । गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिइसकेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij