
Apr 29 2025 | २०८२, वैशाख १६ गते
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् । शनिवार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले, नेपाली जनताले पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएका हुन् ।
आफूमाथि जतिसुकै मुद्दा लगाइएर घेराबन्दी गरे पनि भ्रष्टाचार विरुद्धको अभियान नरोकिने उनले बताए । साथै नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका छन।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij