
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्ररकरणको अभियोगपत्र जिल्ला अदालत काठमाडौं लगेको छ ।
उक्त ठगी प्रकरणका अभियुक्तहरूमाथि तयार पारिएको अभियोजन आजै जिल्ला अदालतमा पेस गर्ने तयारी छ । सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले उक्त प्रकरणमा आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
आठ सदस्यीय समितिले अभियोजन तयार पारेको हो । ३० जनाविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी, सरकारी कीर्ते र एकीकृत कसुरमा अभियोजन लगाइने तयारी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij