
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
मुख्यमन्त्री चौधरी निकट स्रोतले नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्रकेश गुप्ताको सम्भावना रहेको बताएका छन् । नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१)बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१)बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२)बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।
आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी छ । गत वैशाख १५ गते मुख्यमन्त्री चौधरीले शपथ ग्रहण गर्दै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij