
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई पार्टीको तर्फबाट मन्त्रीको नाम दिने भएको छ ।
मन्त्रीको नाम दिएसँगै आज वा भोलिबीच मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । जसपाले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने सहमती भएको छ । सोही अनुसार प्रचण्ड नेतृत्वको सरकारले अशोक राईलाई शिक्षा मन्त्रीमा पठाइसकेको छ । अब जसपाले एक मन्त्री र एक राज्यमन्त्री पाउने छ ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री चयन गर्ने जिम्मा दिइसकेको छ । जसपाले वन मन्त्रालय पाउने सहमति भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij