
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
काठमाडौंको बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर भएका २५ वर्षीय राम बहादुर सिजालीलगायत रहेका छन् ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij