
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज सोमबार दिउँसो बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संघीय संसदका महासचिवका अनुसार दोस्रो अधिवेशनको पाँचौ बैठकमा आज प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक-२०७७’ लाई दफादार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी आजको बैठकमा संविधान सभा सदस्य नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचिमा समावेश गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij