
Apr 22 2025 | २०८२, वैशाख ९ गते
दाङ । विभाजनको संघारमा रहेको सत्तारुढ नेकपाभित्र एक समूहले अकोलाई कारबाही गर्ने शृंखला बढ्दो छ । यसैक्रममा दाहाल–नेपाल समूहको निसानामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि परे । उनलाई नेकपाको लुम्बिनी प्रदेश इन्चार्जबाट मुक्त गरेको यो समूहले युवराज ज्ञवालीलाई ल्यायो । पछिल्लो केही समययता पार्टी राजनीतिमा भूमिकाविहीन जस्तै बनेका ज्ञवाली पुनः सक्रिय राजनीतिमा फर्किएका छन् । तर दाहाल नेपाल समूहको कारबाहीसँगै कुनै समय एक अर्काका कट्टर प्रतिस्पर्धी फेरि आमनेसामने बनेका छन् ।
अन्तरसंघर्षको तीन दशक लामो अवधि पूरा गरेका प्रतिस्पर्धी ज्ञवाली र पोखरेल अहिले फरक फरक गुटको नेतृत्व गर्दै जुध्न आइपुगेका हुन् । ज्ञवालीको निस्क्रियतापछि दाङको कम्युनिस्ट राजनीतिका विकल्पविहीन नेताका रुपमा रहेका पोखरेललाई ज्ञवालीको पुनरागमन तगारो बन्न सक्ने आँकलन गरिएको छ ।
गृह जिल्ला दाङ र चुनावी क्षेत्र हालको क्षेत्र नम्बर २ नै रहेका कारण ज्ञवाली र पोखरेल पार्टीभित्रको राजनीतिमा होस् वा संसदीय चुनावका बेला एक अर्काका विपक्षी रहँदै आए । मूलतः निर्वाचनमा टिकटका यी दुई नेता आफूले टिकट नपाए अर्कोलाई पाखा लगाउन हर प्रयत्न गर्ने कट्टर प्रतिप्रतिस्पर्धीका रुपमा चिनिँदै आए । एकजनाको हार अर्का एकजनाको ठूलो असहयोगले मात्रै हुने गरेको लामो समयदेखिको चर्चा दाङको कम्युनिस्ट वृत्तमा अहिले पनि सेलाएको छैन । नत उनीहरू एकले आफ्नो जितको कारण अर्कोलाई मान्नै तयार भए । नागरिक दैनिकमा खबर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij