Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बढी धुँवा फाल्ने १५ वटा सवारी साधन कारबाहीमा

बढी धुँवा फाल्ने १५ वटा सवारी साधन कारबाहीमा

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । तोकिएको भन्दा बढी धुवाँ फाल्ने सवारीसाधनका चालकलाई वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।

    images
    images
    images

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र  ट्रक एक गरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन् । 

    २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको उनले जनाएका छन् ।  नियन्त्रणमा लिइएका कागजपत्र चालकले सवारी साधनको मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै फिर्ता गरिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij