
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुरको पाटन ढोकामा आज बिहान विशेष उद्घाटन कार्यक्रमको तयारी गरिएको छ ।
महानगर क्षेत्रमा उत्पादित हस्तकला, मूर्तिकला, धातुकलालगायत हस्तकलाका सामान व्यवस्थित तवरले बिक्री गर्न तयार पारिएको कोशेली घर उद्घाटनको प्रक्रिया पूरा भएको छ । महानगरपालिकाले उक्त घर सञ्चालनको जिम्मेवारी लिएको छ ।
ललितपुर हस्तकला संघको व्यवस्थापनमा ललितपुरका हस्तकला व्यवसायीहरुले ल्याएको सामान बिक्रीको व्यवस्था मिलाइएको छ । साथै नाफाको ५० प्रतिशत महानगरपालिकाले पाउने नियम बनाइएको छ ।
यसअघि सात दिने सूचना जारी गरेर संघले कोशेली घरमा बिक्रीको निम्ति सामान राख्न इच्छुक व्यवसायीहरुलाई आह्वान गरेको थियो । यसका लागि महानगरले आवश्यक सञ्चालन कार्यविधिसमेत बनाइदिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij