
Apr 02 2025 | २०८१, चैत २० गते
भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् । उक्त दुर्घटनामा सञ्जयलाई धेरै चोट लागेको छ ।
सञ्जय प्यान इन्डिया फिल्मको सुटिङ बैंगलोरमा गरिरहेका छन् । सञ्जय बम सिक्वेन्सको सुटिङ गरिरहेको समयमा उक्त दुर्घटना भएको हो । यस घटनामा सञ्जयको कुहिनो, हात र अनुहारमा चोट लागेको छ । सञ्जयको स्वास्थ्य अवस्था अहिले ठिक रहेको जनाइएकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij