
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरले लैंगिक हिंसामा तत्काल उद्धार र राहतका लागि हटलाइन सेवा सुरु गरेको छ । हिंसामा परेका व्यक्तिले तत्काल उद्धार राहत पाउनका लागि ११३१ मा सम्पर्क गर्न सक्छन् । नगर प्रहरी लैंगिक हिंसाका बारेमा चेतना जगाउन र हटलाईन ११३१को बारेमा जानकारी दिन चोक नगर प्रहरी महानगरको चोक र गल्तीमा पुग्न सुरु गरेका छन् ।
हटलाइन सेवाको सोमबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे । नगर प्रमुख महर्जनले लैंगिक हिंसा न्यूनीकरणका लागि हटलाइन नम्बरको प्रयोगले सहयोग गर्ने बताए । हिंसारहित महानगर भएमात्रै महानगर स्मार्ट हुने उनले प्रष्ट पारे ।
उपप्रमुख मंजली शाक्य बज्राचार्यले आफूमा भएको हिंसा यो हटलाइन नम्बरमा सम्पर्क गरेर निर्धक्क राख्न नगरवासीलाई सल्लाह दिइन् । आर्थिक रुपमा समक्ष भए मात्रै हिंसा विरुद्ध आवाज उठाउन सकिने उनको भनाई थियो ।
यस्तै, लितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले लैंगिक हिंसामुक्त समाज सबैको चाहना भएको बताए । महानगरले सुरु गरेको हटलाइन हिंसा न्यूनिकरणका लागि सहयोगसिद्ध हुने स्पष्ट पारे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij