
Apr 02 2025 | २०८१, चैत २० गते
एसएस राजामौलीको सुपरहिट फिल्म ‘आरआरआर’ले जापानमा नयाँ रेकर्ड कायम गरेको छ ।
जापानको थिएटरमा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगन स्टारर फिल्मले १ मिलियन बढी फूटफल दर्ता गर्ने पहिलो भारतीय फिल्मको रेकर्ड बनाएको हो ।
जापानको ४४ शहरका २०९ स्क्रिनसहित ३१ आइमेक्स स्क्रिनमा रिलिज यो फिल्म गरिएको थियो । जापानमा १० लाख पटक यो फिल्म देखाइएको छ ।
हालसम्म यो फिल्मले जापानमा ८० करोड रुपैयाँबढी कमाई गरेको छ । यसले जापानमा सय करोड क्लब पार गर्ने व्यापार विश्लेषकको अनुमान छ । गत जनवरीमा फिल्मले जापानमा सय दिन पुरा गरेका थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij