Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पूर्वराज्यमन्त्री सवार गाडी दुर्घटना, ५ जना घाइते

पूर्वराज्यमन्त्री सवार गाडी दुर्घटना, ५ जना घाइते

  • काठमाडौं । पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी आज सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका- १, मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका- २ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

    प्रहरीको अनुसार घाइतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij