
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । काठमाडौंको तारकेश्वरमा सोमबार साँझ नौ ‘जुवाडे’ पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–१०, लोकतान्त्रिक चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तारकेश्वरकै मनमैजु बस्ने २७ वर्षीय लोकेश विकलगायत नौ जना रहेका छन् । रामकुमार लुंगेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुको साथबाट नगद ८३ हजार ५२५ रुपैयाँ र तीन बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij