Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

काठमाडौंमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौंमा चोरी गरेको आरोपमा ३ जना पक्राउ

  • काठमाडौं । काठमाडौंमा चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन टाँडी घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्ने, अर्जुन परियार, रुपन्देही जानकी नगर घर भई काठमाडौंको मण्डिखाटार बस्ने रोशन गौतम र नुवाकोट पिपलडाँडा घर भई टोखा बस्ने तुलबहादुर विश्वकर्मा रहेका छन् । उनीहरुलाई काठमाडौंको धापासी हाइटस्थित एक घरमा चोरी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

    images
    images
    images

    परियार र गौतमले फागुन १३ गते काठमाडौंको धापासी हाइटस्थित भेषराज दाहालको घरको कोठा फोडेर विभिन्न गरगहना र नगद गरी रु ८ लाख १ हजार २५० बराबरको धनमाल चोरी गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै जनालाई मण्डिखाटारस्थित गेष्ट हाउसबाट पक्राउ गरिएको र सोही चोरी प्रकरणमा संलग्न रहेको आरोप सुन पसल सञ्चालक समेत रहेका विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ । 

     
    विश्वकर्माले आफ्नो सुन पसलमा गौतम र परियारले बिक्री गरेको सुनका गहनाको स्वरुप परिवर्तन गरेका थिए । गौतम र परियारसँगको सोधपुछका आधारमा विश्वकर्मालाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij