
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । भारत पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गतको नयाँ बस्तीबाट चरेससहित २ जना नेपाली पक्राउ परेका छन् । उत्तराखण्ड प्रहरीको विशेष अपरेसन समूहले सोमबार बेलुकी करिब पौने किलोग्राम चरेससहित ती नेपालीलाई पक्राउ गरेको हो ।
महाकाली नगरपालिका ६ पौनेखोलाका ३० वर्षीय उमेशबहादुर पाल र दुहु गाउँपालिका १ पिपौलचौरीका २६ वर्षीय रवि कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ किलो ६८० ग्राम चरेस बरामद गरेको छ ।
दुवै जनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij