
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई सीप विकास तालिम दिन सुरु गरेको छ । कारागारमा रहेका कैदीबन्दीहरूमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भरु बनाउन महानगरले तालिम दिन सुरु गरेको हो ।
पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दी मध्ये ६० जनाले तालिम लिदैंछन् । उनीहरुलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ । फर्निचरसम्बन्धी तालिम ३ महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ ।
तालिम उद्घाटन गर्दै महानगरप्रमुख चिरीबाबु महर्जनले फरक परिस्थितिका कारण नख्खु कारगारमा रहेका सबैलाई चरणबद्ध रुपमा महानगरले तालिम दिने बताए । तालिमले आर्थिक रुपमा अत्मनिर्भर बनाउने बताउँदै कारागारबाट बाहिरिदाँ सीपसहित बाहिरिनु महत्वपूर्ण भएको उनले प्रष्ट पारे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij