
Apr 02 2025 | २०८१, चैत २० गते
भारतीय चर्चित अभिनेता समीर खाखरको निधन भएको छ । खाखरको ७१ वर्षको उमेरमा निधन भएको हो । उनको भारतको बोरिवली-१ स्थित एमएम अस्पतालमा निधन भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार सास फेर्न समस्या भएपछि खाखरलाई अस्पतालमा भर्ना गरेका थिए । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
खाखरले थुप्रै चलचित्र र सिरियलमा काम गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij