Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

महिला तथा बालबालिका माथिको हिंसा न्युनिकरण गर्न प्रहरी सक्रिय

महिला तथा बालबालिका माथिको हिंसा न्युनिकरण गर्न प्रहरी सक्रिय

  • ललितपुर । ललितपुर महानगरपालिका २२ मा अवस्थित ओम श्री ईट्टा भट्टा उद्योगमा महिला तथा बालबालिका माथिको हिंसा न्युनिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बाल विकास समाजको आयोजना र जिल्ला प्रहरी परिसर जावालाखेलको समन्वयका साथ वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा भएको हो । 

    images
    images
    images

    वरिष्ठ प्रहरी नायव निरीक्षक बसन्ता घिमिरे र सहायक निरीक्षक लक्ष्मी घिमिरेले हिंसा सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिएका छन् । ईट्टा भट्टामा मौसमी काम भएकोले दिनको २०% खर्च र ८० % बचत गरेमा आफनो बालबालिकाको भविष्य बनाउनका साथ पैसाको कारणले घरेलु ह्रिंसा बढ्ने भएकोले यसको पनि न्यूनिकरण हुर्ने वरिष्ठ प्रहरी निरीक्षक बसन्ता घिमिरले बताइन् ।

    यस अन्र्तक्रिया कार्यक्रमा बचत गर्ने बानी, चोरी आफ्नो मान्छेबाट हुने भएकोले सर्तकता अपनाउने र लौङ्गि हिंसा, यौन हिंसा, घरेलु हिंसा, बालबलिका माथि हुने दुर्व्यवहार बारे विस्तुत जानकारी दिए । 

    यस्तै, कुनै पनि काम ठूलो सानो नहुने सहायक निरीक्षक लक्ष्मी घिमिरेले बताइन् । उनले, कुनै पनि हिंसा, दुर्व्यवहार जस्ता घटनाहरु सहने र दवावमा नबस्ने तथा  यस्ता घटनाहरु भएमा तुरुन्तै प्रहरीलाई जानकारी दिन अनुरोध गरीन् । 

    बालबालिका माथि  हुने दुव्यवहारले  मानसिक रोग तथा तनावले आत्महत्या समेत गरेको उल्लेख गरिन् । यसबाट आमा बुबा सचेत  हुनु आवश्यक रहेको जानकारी दिए । कुनै घटना २४ सै घण्टा साथमा रहने र अपरिचित व्यक्तिहरुसँग सर्तक हुन प्रहरीले अनुरोध समेत गरेका छन् । 

    333110114_515092410788238_7807153885481228791_n (1).jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij