
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ । सोमबार महानगरको शिक्षा महाशाखा महानगर प्रहरीको सहयोगमा सेन्ट जेभिर्यस स्कुलमा पुस्तक विमोचन गरिएको हो ।
पुस्तक ललितपुर महानगरका सबै विद्यालयमा अध्यापन गराउने लक्ष्य राखिएको छ । सो पुस्तक महानगर प्रहरी प्रमुख सीताराम हाछेथुद्वारा सम्पादन गरिएको हो । सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक सङ्केतहरु, हेल्मेट र सिटबेल्ट, सबैका लागि सडक, खेलकुद र सडक, आकाशेपुल, सब वे, बसमा सुरक्षा, ताँती–पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अङ्कल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिक उपचार, म त ज्ञानी विद्यार्थी, सहित गलत र ट्राफिक चिन्हहरू गरी पुस्तकमा कुल १९ वटा विषय सूची रहेका छन् ।
राष्ट्रका कर्णधार मानिने साना विद्यार्थीहरूलाई विद्यालय देखिनै सडकको प्रयोग, सडकपेटी र यससँग सम्बन्धित अन्य पूर्वाधारका विषयमा जानकारी, सतर्कता र सुरक्षाका विषयमा व्यवहारिक शिक्षा दिने उद्देश्यले सडक सुरक्षा शिक्षाको सुरुवात गरेको ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij