
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको लामिछानेले बताए ।
सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानुपरेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने उनले बताए । उनले पार्टीभित्र सरकारमा जाने या नजाने विषयमा छलफल नभएको बताए ।
छुट्टै परिचय बोकेको रास्वपाको राजनीतिक अभ्यास शुरुवाति चरणमा रहेको उनले उल्लेख गरे । आगामी वैशाख १० गते हुने चितवनको २ नम्बर निर्वाचन क्षेत्रको उपनिर्वाचनको तयारी शुरू गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij