
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको उनका नातेदारले बताएका छन् । सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ ।
उनलाई अहिले ठोस खानेकुरा समेत दिइएको छ । राम्रोसँग बोलचाल पनि गरिरहेको अस्पताल परिसरमा रहेका उनका दाजु मीनप्रसाद भण्डारीले बताए ।
उनलाई दिइएको अक्सिजनको मात्रा घटाइएको मीनप्रसादले जानकारी दिए । आगोले पोलेको भागमा केही दिनअघि उनको हातखुट्टाको अपरेसन गरिएको थियो ।
उनका अनुसार सांसद भण्डारीलाई उक्त अस्पतालमा भर्ना गरिएको आज २१औँ दिन हो । अस्पताल बसाइ अझै केही दिन लम्बिने उनले बताए । पछिल्लोपटक यही फागुन १६ गते उनको दायाँ हात र बायाँ हातको केही भाग तथा औँलाको अपरेसन गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij