
Apr 02 2025 | २०८१, चैत २० गते
दक्षिण भारतीय फिल्म निर्देशक जोसफ मनु जेम्सको आइतबार निधन भएको छ ।
३१ वर्षिय जोसफलाई निमोनिया भएपछि राजगिरी अस्पतालमा भर्ना गरिएको थियो । केही समय को उपचारपछि डाक्टरले उनलाई मृतक घोषित गरेका थिए । उनले निर्देशन गरेको पहिलो फिल्म 'नैन्सी रानी' छिट्टै बक्स अफिसमा प्रदर्शन हुँदैछ।
सो फिल्ममा अहाना कृष्णा कुमार, अर्जुन अशोकन, अजु वर्गीजलगायत कलाकारको अभिनय रहेको छ । सन् २००४ मा जोसफले बाल कलाकारको रूपमा फिल्ममा डेब्यू गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij