Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राष्ट्रिय सभाको बैठक आज बस्दै

राष्ट्रिय सभाको बैठक आज बस्दै

  • काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

    images
    images
    images

    सोहीअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेश गर्नेछिन् । 

    त्यस्तै, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको महासचिव डा. गौतमले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij