काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सल्लाहकारमा मनोनयन भएकी छन् । एक विज्ञप्ति जारी गर्दै निफ आयोजक कमिटीले नम्रतालाई सल्लाहकार बनाइएको जानकारी दिएको हो ।
नम्रताले महोत्सवका क्रममा हुने रचनात्मक कार्यक्रममा सल्लाहकारका रुपमा सहभागिता जनाउने उल्लेख गरिएको छ । नम्रताले २०६५ सालमा अभिनया थालनी गरेकी हुन् । नम्रता नेपाली फिल्म उद्योगकी स्थापित कलाकार हुन् । चैत २ देखि ६ गतेसम्म हुने महोत्सवमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ ।
निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक नीर शाह छन् भने सदस्यहरुमा अभिनेता सुनिल थापा, निर्देशक छिरिङरितार शेर्पा र भारतीय लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् ।