
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले चक्कु प्रहार गरी काकाकाे हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ताका अनुसार जिल्लाको महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजा नाता पर्ने ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी हत्या गरेको हो ।
प्रहरीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याएको छ । हत्या आरोपी विजेन्द्र फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij