Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी

भण्डारीको पहिलो अप्रेसन सफल, दोस्रो अप्रेसनको तयारी

  • का ठमाडौँ । भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा सांसद चन्द्र भण्डारीको शुक्रवार पहिलो अप्रेसन भएको छ । बिहीबार साँझदेखि उपचाररत भण्डारीको शुक्रवार दुवै खुट्टाको अप्रेसन गरिएको हो ।

    images
    images
    images

    पहिलो अप्रेसन सफल भएको चिकित्सकहरूले दाबी गरेका छन् । अब दोस्रो अप्रेसनबारे चिकित्सकहरू छलफल गरिरहेका छन् । बुधवार राति ग्यास लिक भएपछि आगलागीबाट घाइते भएका भण्डारीको अनुहार, हात र खुट्टामा जलन भएको थियो ।

    मुम्बईमा नेशनल बर्न्स सेन्टरका चिकित्सक डा.सुनिल केसवानी, डा.सन्दीप मिस्त्री र डा.अमुलको परामर्श तथा निगरानीमा नेता भण्डारीको उपचार भइरहेको कांग्रेस नेता योगराज कँडेलले जनाएका छन् । पछिल्लो रिपोर्टअनुसार भण्डारीको पारामिटर सामान्य छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij