
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिंदैछन् । विवाह फागुन २५ गते चितवनमा हुने जनाइएको छ । केही वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् ।
विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ । पहिलो फिल्म अन्तरालपछि मानवले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका थिए ।
ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदीको पुर्ख्यौली घर झापा हो । सुरक्षा र मानव झण्डै ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुवैले सम्बन्धलाई लो-प्रोफाइलमा राख्दै सार्वजनिक गरेनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij