
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । अस्पताल परिसरबाट उनका सहयोगी योगराज कँडेलले अहिले उनलाई पहिलो सर्जरीका लागि अप्रेसन थिएटरमा लगिएको जानकारी दिएका छन् ।
सिलिण्डर विस्फोट भएर आगलागी हुँदा जलेर घाइते भएका सांसद डा. भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
उनको पछिल्लो अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएको छ । उनका सबै पारामिटरहरू नर्मल रहेको, तर ४८ घन्टा भेन्टिलेटरमै राखिने चिकित्सकले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij